कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'मन्त्री फेरि, भीसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन' 

काठमाडौँ — नेपाल विद्यार्थी संघले मन्त्री, उपकूलपति फेरिए पनि त्रिभुवन विश्वविद्यालयको बेथिति नहटेको भन्दै प्रदर्शन गरेको छ । बिहीबार नेविसंघले त्रिवि उपकूलपति कार्यालय परिसरमा प्लेकार्डसहित प्रदर्शन गरेको हो । विद्यार्थीहरूले 'मन्त्री फेरि, भीसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन' भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

'मन्त्री फेरि, भीसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन' 

नेविसंघले विश्वविद्यालयमा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएको जनाएको छ ।

त्यस्तै गैरप्राज्ञिक गतिविधिका कारण अहिले विश्वविद्यालयमा व्याप्त व्यवस्थापकीय कमजोरीहरू र प्रशासनिक अकर्मण्यता देखा परिरहेको पनि नेविसंघको भनाइ छ । त्यसको प्रत्यक्ष असर हामी विद्यार्थीहरुले पटक पटक कहिले प्रश्न पत्र प्रकाशनमा, कहिले परीक्षा तालिका प्रकाशनमा त कहिले नतिजा प्रकाशनमा भोग्दै आइरहेको पनि नेविसंघले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी करिब दुई सय विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका नै हराएपछि परीक्षा लिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन । बी.ए. प्रथम वर्षको परीक्षाअन्तर्गत जनसंख्या-४२२ र फाउन्डेसन अफ एजुकेसन-४१२ विषयको परीक्षाको उत्तर पुस्तिका हराएको र पुनः परीक्षा सञ्चालन गर्न भनेर त्रि. वि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट चितवनस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्रबाट परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरूलाई पुनः परीक्षाका लागि परीक्षा तालिका प्रकाशन गरी निर्देशन दिइएको छ।

उक्त विषयमा छानबिन गरी दोषीलाई कारबाही सिफारिस समेतभइसके पनि कुनै पनि प्रक्रिया उपकुलपति कार्यालयले नचालेको नेविसंघले जनाएको छ । उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरुले गुमाउनु परेको १ वर्षको महत्त्वपूर्ण समय र मानसिक असरको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने नेविसंघले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?