कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद जनार्दन शर्माले सोधेको प्रश्नको जवाफमा सरकारले संघीयता कार्यान्वयनलाई प्राथमिकतामा राखेको जानकारी बताएका हुन् ।

राष्ट्रियसभाको विधायन समिति र संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । 'निजामती कर्मचारीसँग सम्बन्धित ऐनलगायत कतिपय ऐनहरू मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन्,' उनले भने, 'नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ ।'

प्रधानमन्त्रीले सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भइरहेको स्पष्ट पारे ।

प्रकाशित : चैत्र ६, २०८० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?