कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान घोषणा गरिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान घोषणा गरिन्छ : प्रधानमन्त्री दाहाल

मंगलबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको परिवारको अनिवार्य बिमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने बताएका हुन् ।

'सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बिमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्नेलगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,' प्रधानमन्त्री दाहालले भने ।

नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बिमाको पहुँच पुगेको बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बिमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बिमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले गरिब परिचय-पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरिब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।

प्रकाशित : चैत्र ६, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?