कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका छन् । 

पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल भएको छ : प्रधानमन्त्री दाहाल

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रूपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका हुन् ।

उनले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिने बताए । 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको छ । यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिनेछ,' प्रधानमन्त्री दाहालले भने ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?