२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय

विशेष अदालतले सम्पत्ति सुद्धिकरण कसुरमा ३ वर्ष कैद सजाय सुनाएको छ । इन्जिनियरिङ कलेज संचालकसमेत रहेका न्यौपानेलाई २५ करोड जरिवाना हुने फैसला सुनाएको हो । 

भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई काउन्सिलले बोलायो

प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतका न्यायाधीश र प्रतिष्ठित मिडियाबारे भ्रामक समाचार सामग्री तयार पारेर सम्प्रेषण गर्ने 'सिधा कुरा' नामक अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई सम्प्रेषण भएको सामग्री पुष्टि हुने आधार/प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । 

भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो ।

बझाङ (१) १ मा एमालेको अग्रता कायमै

बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । 

भ्रामक सामग्री सम्प्रेषण गर्ने 'सिधा कुरा' विरुद्ध सर्वोच्च अदालतको 'सोमोटो', दायर भयो अवहेलना मुद्दा

सर्वोच्च अदालतका न्यायाधीशललगायतविरुद्ध भ्रमक समाचार सामग्री तयार पारेर प्रसारण गर्ने 'सिधा कुरा' नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतले अवहेलन मुद्दा दायर गरेको छ । सर्वोच्चले 'सोमोटो' तयार पारी अवहेलना मुद्दा दायर गरेको हो । उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ ।

निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो

इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।

कानुनी सुधारले नेपालमा लगानीको वातावरण बन्छ : एफसीडीओ क्षेत्रीय निर्देशक मेलोर

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का क्षेत्रीय निर्देशक बेन मेलोरले नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्वपूर्ण आर्थिक सुधार गर्नु पर्ने बताएका छन् ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रेरित गछौँ : सीआईडीसीएका प्रमुख लुओ

चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रेरित गर्ने बताएका छन् ।

नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार : अमेरिकी राजदूत थम्प्सन  

अमेरिकी राजदूत डिन आर. थम्प्सनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार रहेको बताएका छन् ।

चालु आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

शाक्यद्वारा राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा शाक्यलाई राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण गराएका हुन् ।

बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

बझाङ-१ (१) मा एमाले उम्मेदवार भण्डारीलाई सुरुवाती अग्रता

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

इलाम-२ मा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

इलाम-२ को उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

रमेशचन्द्र अधिकारी

धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ । 

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

डम्बरसिं राई

खोटेहाङ गाउँपालिकाले शनिबार सातौं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा विभिन्न विधामा विशेष योगदान पुर्‍याउनेलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । 

दुई पत्रकार पुरस्कृत

दुई पत्रकार पुरस्कृत

डम्बरसिं राई

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् ।

मतदान केन्द्रमा अधिकृतदेखि कर्मचारी सबै महिला

मतदान केन्द्रमा अधिकृतदेखि कर्मचारी सबै महिला

लक्ष्मी गौतम

इलाम ५ को सप्तमाई वाङ्मय अध्ययन तथा अनुसन्धान मतदान केन्द्रको सम्पूर्ण जिम्मा महिलालाई दिइएको छ ।

हलेसी तुवाचुङमा डढेलोले ६ घर जल्यो

हलेसी तुवाचुङमा डढेलोले ६ घर जल्यो

डम्बरसिं राई

डढेलोबाट सल्किएको आगोले ६ घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी पाखा सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय मदनकुमार थापा, खगेन्द्र विश्वकर्मा, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा, झनबहादुर थापा र भेषबहादुर रानाको घर जलेर नष्ट भएको हो ।

कोशी बाट थप
वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

अजित तिवारी

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

अजित तिवारी

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ । 

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

अवधेशकुमार झा

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

पर्सा–बारा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युतको माग

शंकर आचार्य

विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ । 

मधेस बाट थप
बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

ढकाल वंशावली पुस्तक विमोचन

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

कान्तिपुर संवाददाता

जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो । 

वाग्मती बाट थप
सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

सुपर न्यादी जलविद्युत्‌ आयोजनामा कार्यरत कामदारको मृत्यु

आश गुरुङ

मर्स्याङ्दी गाउँपालिका ६, डहरे क्षेत्रमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ ।

डाक्टरलाई अभद्र व्यवहार गर्ने अस्पताल विकास समितिका सदस्य पक्राउ

डाक्टरलाई अभद्र व्यवहार गर्ने अस्पताल विकास समितिका सदस्य पक्राउ

प्रकाश बराल

धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई अभद्र व्यवहार गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैको पहुँचमा छैनन् पूर्वाधार

सबैको पहुँचमा छैनन् पूर्वाधार

प्रकाश बराल

बागलुङ नगरपालिकाले मुख्य बजार रहेको वडा नं २ को आबारोड, अस्पताल रोड र मरेपिपलमा पक्की नाली, सडक चौडा र फुटपाथ बनाइरहेको छ । चालु आर्थिक बर्षको नगरपालिकाको ८५ लाख र उपभोक्ताको सहभागिता समेत गरी १ करोड लागतमा फुटपाथ निर्माण भैरहेको हो।

गैंडाकोटमा आगलागीबाट घरगोठ जले

गैंडाकोटमा आगलागीबाट घरगोठ जले

नारायण शर्मा

गैंडाकोट नगरपालिका वडा नम्बर-३ ढोडेनीस्थित वडा कार्यालयनजिक गएराति एक घर र गोठमा आगलागीमा जलेर नष्ट भएको छ । वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । 

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

रासस

बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

कान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

गण्डकी बाट थप
भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

नवीन पौडेल

पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो ।

विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण

विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण

नवीन पौडेल

बढ्दो गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित हुन थालेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका शिक्षकलाई ‘लु’ बाट जोगिने उपाय र बालवालिकालाई सुरक्षित राख्नेबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिका र रामग्राम जेसीजले शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

कान्तिपुर संवाददाता

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए । 

पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो

पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो

माधव अर्याल

जिल्लाका दर्जन बढी स्थानमा आइतबार भीषण डढेलो लागेको छ । तानसेन श्रीनगरडाँडाको उत्तरतर्फको जंगलमा तीन दिनदेखि डढेलो नियन्त्रण आउन नसकेको स्थानीयले बताए । गोर्खेकोटतर्फबाट लागेको डढेलो कैलाशनगर क्षेत्रसम्म आएको छ ।  

भूमहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

भूमहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नवीन पौडेल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय तहमा कानुन अधिकृतको व्यवस्था गर्न माग

स्थानीय तहमा कानुन अधिकृतको व्यवस्था गर्न माग

माधव अर्याल

पाल्पाका १० वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले कानुन अधिकृतको माग गरेका छन् । उनीहरूले न्यायिक समितिको काम कारबाही अघि बढाउन कानुन अधिकृत नहुँदा समस्या परको बताएका हुन् । 

लुम्बिनी बाट थप
पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

डोल्पामा यार्सा संकलन जेठ १० देखि

राजबहादुर शाही

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

डीबी बुढा

जुम्लामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव १० दिनसम्म चल्ने छ । 

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

तुलाराम पाण्डे

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

पर्यटकको प्रतिक्षामा गिडीदह

पर्यटकको प्रतिक्षामा गिडीदह

डीबी बुढा

तातोपानी गाउँपालिका-४ स्थित गिडीदहलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न लागिएको छ । पहिलो पटक दहको लम्बाइ, चौडाइ गहिराइ मापन गरेर गिडीदह पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन लागिएको हो । 

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति

विप्लव महर्जन

वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

कर्णाली बाट थप
बझाङ (१) १ मा एमालेको अग्रता कायमै

बझाङ (१) १ मा एमालेको अग्रता कायमै

कान्तिपुर संवाददाता

बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । 

वर्षेनी डढेलोले क्षति

वर्षेनी डढेलोले क्षति

भवानी भट्ट

एक साताअघि दोधारा चाँदनी नगरपालिका–७ बाबाथानको सचिव टोलमा आगलागी हुँदा करिब १० विघा भन्दा बढीको गहुँ खेतमै जलेर सखाप भयो ।

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने 

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने 

वसन्तप्रताप सिंह

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते 

बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते 

वसन्तप्रताप सिंह

थलारा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा थलारा–८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया देवशरा जोशी रहेका छन् । उनीहरु बाबुछोरी हुन् । 

शिक्षकलाई पदस्थापनमा रोक

शिक्षकलाई पदस्थापनमा रोक

भवानी भट्ट

स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।

बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो 

बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो 

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको  प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम बाट थप

विश्व नेपाली जनताको साथमा हुनुपर्छ : यूएनकी आवासीय संयोजक हम्दी

नेपालमा संयुक्त राष्ट्र संघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सिंगो विश्वनै नेपाली जनताको साथमा हुनु पर्ने बताएकी छन् ।

रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित

कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य

स्पिनरहरूको दबदबापछि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेल जित्न १६१ सय रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६०–७ को स्कोर बनायो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्दै

वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

एस्टन भिल्लाविरुद्ध चेल्सीको बराबरी

दुई गोलले पछाडि रहेको स्थितिमा चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–२ को बराबरीमा रोकेको छ । यो नतिजाले भिल्लाको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।

राजस्थान प्ले-अफनजिक

राजस्थान रोयल्स शनिबार लखनऊ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गर्दै प्ले–अफनजिक पुगेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान एक ओभर बाँकी छँदै जितसम्म पुगेको थियो ।

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो । 

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

अमेरिकी राष्ट्रपतिले गरे टिकटक प्रतिबन्ध गर्नसक्ने कानुनमा हस्ताक्षर

लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।

पुनर्निर्माणको पर्खाइमा मुलुककै पहिलो विद्युत् आयोजना

मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.