जीवन अन्तत: प्याज रहेछ
आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो !