२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको बताएका छन् । उनले अब अहिलेको गतिरोध अन्त्यका लागि छानबिन समिति नै समाधानको बाटो हुने पनि बताए ।

रवि लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री

'पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ । आशा गरौं अब त्यतैतिर जान्छ यो समस्याको समाधान,' शनिबार कान्तिपुर हाफ म्याराथुनको उद्घाटनपछि कान्तिपुरसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने ।

सहकारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु गलत भएको प्रधानमन्त्रीको भनाइ थियो । विगतमा कांग्रेस सरकारमा हुँदै सहकारीको विषय उठेपनि एमाले र रास्वपा सरकारमा सहभागी भइ कांग्रेस प्रतिपक्षमा गएपछि सदन अवरुद्ध हुने गरी उठाइएको प्रधानमन्त्रीले बताए ।

'यो विषय उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पुर्‍याइएको छ, यो त्यसो गर्नुपर्ने विषय पनि होइन भन्ने मेरो आफ्नै पनि बुझाइ छ । त्यो विषय अहिले नयाँ समीकरण बनेपछि मात्रै उठेको विषय होइन । तपाईंहरूकै मिडियाले यो विषयलाई उठाएको धेरै भयो । जतिबेला नेपाली कांग्रेस गठबन्धनमै थियो, सरकारमै थियो यो विषय उठिराखेकै थियो, छलफल चलिराखेकै थियो । तर सदन अवरुद्धतिर जाने गरेको थिएन,' प्रधानमन्त्री दाहालले भने ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरिराखेको छ । संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरुद्ध गरिराखेको हो ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मधेशमा चर्केको पानीको समस्या सुनाउन २५ दिन पैदल हिँडेर काठमाडौं आएका नागरिकहरू डेढसातादेखि माइतीघरमा धर्नामा बसिरहेका छन् । सरकारले किन वास्ता नगरेको होला ?