कान्तिपुर हाफ म्याराथनमा दीपक विजेता, राजपुराको ह्याट्रिक
त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । दीपक कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले आफ्नो उपाधि जोगाएकी हुन् ।