Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
मुख्य समाचार»

प्रधानमन्त्री र दाहालले वार्ता गर्ने

काठमाडौ, माघ ४ -
एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्टे्रलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग पत्रकार डेकेन्द्र थापाको मुद्दा र सत्य निरूपण तथा मेलमिलाप आयोग लगायत विषयमा छलफल गर्ने भएको छ । विदेश विभागका तर्फब्ााट पठाइएको पत्रमा एमाओवादीब्ााट प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुने जनाइएको छ । बिहान साढे ९ बजे लाजिम्पाटस्थित सांगि्रला होटलमा हुने बैठकमा भट्टराई र दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउनमा सघाउन आग्रह गर्नेछन् ।

स्रोतका अनुसार युरोपेली युनियनका तर्फब्ााट गम्भीर फौजदारी अपराधमा संलग्न भएकालाई समेत आम माफी दिने अध्यादेशका प्रावधानप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला ती लगायतका प्रावधानमा संशोधन गर्न तयार रहेको जानकारीसमेत गराउने छन् । वर्तमान सरकार र एमाओवादी प्रजातान्त्रिक मान्यताबाट पछि नहटेको, अन्तर्राष्ट्रिय मानव अधिकारका प्रावधानप्रति प्रतिबद्ध रहेको जस्ता मुद्दामा आश्वस्त पारी सरकारलाई सहयोग गर्न आग्रहसमेत गर्नेछन् ।

 

प्रकाशित मिति: २०६९ माघ ५ ०८:२८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication