जिन्दगीको दोस्रो ड्राफ्ट
२७ सेकेन्ड ! ‘त्यो लामै समय हो ।’ ‘सिक्स्टी मिनेट्स’ मा पत्रकार एन्डरसन कुपर र सलमान रुस्दीको वार्तालाप चलिरहन्छ । तर, अचानक दुवै मौन बस्छन् । रुस्दीलाई अगस्ट १२, २०२२ को २७ सेकेन्ड अनुभूत गराउँछन् कुपर । ‘त्यो लामै समय हो । यो आत्मीयताको अद्वितीय आधा मिनेट हो, जहाँ जीवन र मरणको भेट हुन्छ,’ रुस्दी भन्छन् ।