२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुने

काठमाडौँ — 'बालबालिकाका लागि चलचित्र' अभियानका साथ स्थापना भएको 'एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसीएफ नेपाल)ले 'नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव' घोषणा गरेको छ । 

नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव हुने

अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल-लाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न सार्वजनिक गर्दै महोत्सव घोषणा गरेका हुन् । ८ वर्षीय कलाकार प्रसन राई नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'का कलाकार हुन् ।

यो महोत्सव आगामी मंसिर ५ -१४ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय बालदिवसको दिन महोत्सवको उद्घान हुनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल-चलचित्र प्रदर्शन गरिनेछन् । १८ वर्षभन्दा मुनिका फिल्मकर्मीले महोत्सवमा आफ्नो फिल्म प्रतिस्पर्धा गराउन पाउनेछन् । त्यस्तै विभिन्न सरोकारवालासँगको छलफल, बालबालिकासम्बन्धी कला, बाल पुस्तक प्रदर्शनीसमेत हुनेछ ।

एसिएफ नेपाल 'बालबालिकाका लागि चलचित्र'को वातावरण सिर्जना गर्ने लक्ष्यसहित ०६९ मा स्थापना भएको हो ।

प्रकाशित : वैशाख ६, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?