कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फागुनमा ६ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

काठमाडौँ — फागुनमा मात्रै १२ वटा नयाँ उद्योगमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । साउनदेखि फागुन महिनामा मात्रै २५३ वटा नयाँ उद्योगमा २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

फागुनमा ६ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

फागुनमा मात्रै ४ सय ४७ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेको छ । साउनदेखि फागुनसम्म १३ हजार १६९ जनालाई रोजगारी दिने विभागले जनाएको छ । फागुनमा पुराना २ वटा उद्योगमा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

साउनदेखि फागुनसम्म २३८ वटा साना उद्योग, १२ वटा मझौता र ३ वटा ठूला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार साउनदेखि फागुनसम्म पर्यटन क्षेत्रमा ११४.४५, सेवा क्षेत्रमा ८८.३५, उत्पादन क्षेत्रमा ३०.१२ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रमा ८.३, पूर्वाधार क्षेत्रमा ६.२ प्रतिशत विदेशी लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?