कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल

काठमाडौँ — ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाबाट अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत चयन भएका छन् ।

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल

उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा भने निर्वाचन भएको थियो । दुई उपाध्यक्षका लागि भएको निर्वाचनबाट अरुणकुमार श्रेष्ठ, प्रदीप अर्याल,सचिवमा धर्मराज पोखरेल र कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, महासचिवमा पुष्पराज श्रेष्ठ र सह कोषाध्यक्षमा टेकराज पोखरेल सर्वसम्मत चयन भए ।

प्रकाशित : चैत्र ६, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?