कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० खर्बको आयात हुँदा १ खर्बको निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनासम्म १० खर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा १ खर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागको मासिक प्रतिवेदनले देखाएको छ ।

१० खर्बको आयात हुँदा १ खर्बको निर्यात

गत वर्षको आठ महिनासम्मको आयातको तुलनामा यस वर्षको सोही अवधिको आयात २.६६ प्रतिशतले घटेको हो । ०७९ फागुनसम्म १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको आयात भएको थियो । गत फागुनसम्म १० खर्ब ३० अर्ब रुपैयाँबराबरको आयात भएको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको आठ महिनासम्मको निर्यात पनि गत वर्षको सोही अवधिको भन्दा कम हो । ०७९ फागुनसम्म १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यसवर्षको सोही अवधिमा यो १ खर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा चालु आवमा निर्यात ३.९९ प्रतिशतले कम हो ।

यस्तै, आठ महिनामा नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.५२ प्रतिशतले कम हो । ०७९ फागुनसम्म कुल व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो ।

आठ महिनामा कुल ११ खर्ब ३० अर्ब रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा यस्तो व्यापार ११ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

प्रकाशित : चैत्र ६, २०८० १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?