२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

९ वर्षअघिको त्यो त्रासदी [तस्बिरहरू]

कान्तिपुर फोटो विभाग

काठमाडौँ — गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ। २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट मुलुकभरी स्वदेशी तथा विदेशी नागरिक गरेर ८ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् ।

१९९० सालपछि २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गर्‍यो । सो भूकम्पबाट २३ हजार ३ सय ३ जना घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई बिर्साउने गरी आएको विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम भएका छन् । गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो भने गोरखासहित धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा बढी क्षति गरेको थियो ।

फाइल तस्बिरहरू


प्रकाशित : वैशाख १२, २०८१ १४:००
प्रतिक्रिया
पठाउनुहोस्