१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

सन् २०११ मा आजकै दिन : क्यास्ट्रोद्वारा राजीनामा 

काठमाडौँ — सन् २०११ मा आजकै दिन (अप्रिल १९) मा फिडेल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजीनामा दिएका थिए । १९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रोले क्युबामा निरन्तर साढे चार दशक शासन गरे ।

सन् २०११ मा आजकै दिन : क्यास्ट्रोद्वारा राजीनामा 

क्यास्ट्रोले तानाशाही सैनिक जर्नेल फुल्गेन्सियो बाटिस्टालाई पराजित गर्दै देशमा कम्युनिस्ट शासन स्थापित गरेका थिए । १९६५ को अक्टोबर ३ मा कम्युनिस्ट पार्टीको प्रथम सचिव बनेका क्यास्ट्रो १९५९ फेब्रुअरी १६ मा प्रधानमन्त्री बनेका थिए ।

१९७६ डिसेम्बर २ सम्म देशको प्रधानमन्त्री रहेका उनी त्यसयता २००८ फेब्रुअरी २४ सम्म क्युबाको राष्ट्रपति थिए । १९५३ मा बाटिस्टा नेतृत्वको सरकार ढाल्ने उनको प्रयास असफल भएको थियो ।

त्यसलगत्तै उनी एक वर्षपछि जेल परे । जेलबाट रिहा भएलगत्तै उनले राहुल क्यास्ट्रो र चे ग्वेभारासाग मिलेर क्रान्ति अघि बढाएका थिए । क्रान्ति सफल भएसँगै चिढिएको अमेरिकाले १९६१ मा उनलाई अपदस्थ गर्ने प्रयाससमेत गरेको थियो । क्यास्ट्रोको २०१६ को नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : वैशाख ७, २०८१ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?