२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

हेटौंडा महानगर टिम च्याम्पियन

काठमाडौँ — हेटौंडा महानगरपालिका भलिबल टिमले प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडा महानगर टिम च्याम्पियन

बुधबार ललितपुरमा भएको फाइनलमा हेटौंडाले छिमेकी थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ को सेटमा पराजित गरेर उपाधि जितेको थियो । महांकाल गाउँपालिका र घ्याङलेक गाउँपालिका तेस्रो भए । विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले एक–एक लाख रुपैयाँ पुरस्कार पाए ।

थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । विजेताका सुजन चोखाल उत्कृष्ट सेटर र राजन दर्लामी मगर उत्कृष्ट लिबेरो घोषित भए । महांकालका जीवन सुनार उत्कृष्ट ब्लकर भए । विजेता हेटौंडाकै पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक चुनिए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । विजेता खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोलेलगायतले पुरस्कार प्रदान गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालका छोरी ज्ञानी र छोरा प्रकाशको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको थियो । नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक रहेको थियो ।

प्रकाशित : वैशाख २६, २०८१ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?