२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रकाश स्मृति भलिबलको फाइनल बुधबार

काठमाडौँ — प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीचको सेमिफाइनल खेल वर्षाको रोकिएको छ ।

प्रकाश स्मृति भलिबलको फाइनल बुधबार

मगलबार महांकालले पहिलो दुई सेटमा जित हात पारेपछि खेल वर्षाले अवरुद्ध भएको हो । विजेताले फाइनलमा हेटौडा नगरपालिकासँग खेल्नेछ । हेटौडाले घ्यामलेक गाउँपालिकालाई सेमिफाइनलमा हराएको थियो ।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठका अनुसार दोस्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछ ।

विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले १ लाख रुपैयाँ पाउने छन् । विधागत उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सुरुदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको हेटौडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुका बाबजुद पुनरागमन गर्दै सेमिफाइनल पुगेको हो ।


प्रकाशित : वैशाख २५, २०८१ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?