कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

ला लिगा : रियलले जित्यो कीर्तिमानी ३६औं उपाधि

काठमाडौँ — रियल म्याड्रिडले शनिबार कीर्तिमानी ३६ औं पल्ट स्पेनी ला लिगाको उपाधि जितेको छ । जिरोनाले बार्सिलोनालाई ४–२ ले हराएपछि रियलले उपाधि जित्ने निश्चित भएको हो ।

ला लिगा : रियलले जित्यो कीर्तिमानी ३६औं उपाधि

अंक तालिकामा रियल निर्णायक रूपमा अगाडि रह्यो ।लिगमा चार चरणका खेल बाँकी छन् र उसको ८७ अंक भएको छ । रियलले सुरुमा काडिजलाई ३–० ले हराएको थियो । त्यस लगतै बार्सिलोना पराजित भएपछि उपाधिको छिनोफानो भएको हो ।

जिरोना ७४ अंकमा दोस्रो तथा बार्सिलोना ७३ अंकमा तेस्रो स्थानमा रह्यो । जिरोनाको यो जितपछि उसले अर्को सिजन पहिलो पटक युरोपेली च्याम्पियन्स लिग खेल्ने पनि निश्चित भएको छ ।


प्रकाशित : वैशाख २३, २०८१ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?