कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

काठमाडौँ — इर्लिङ हल्यान्डले इंग्लिस प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेपछि म्यानचेस्टर सिटीले शनिबार उल्भ्सलाई ५–१ ले हराएको छ र लिग उपाधिनजिक पुगेको छ । सिटीलाई लगातार चौथो उपाधि जित्न अब तीन जित आवश्यक रहनेछ ।

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

त्यस अगाडि आर्सनलले बर्नमाउथलाई ३–० ले हराएको थियो । ३६ खेलबाट आर्सनल अझै ८३ अंकमा शीर्षमा छ । तर एक खेल कम खेलेको सिटीको ८२ अंक रहेको छ । नटिङ्घम फरेस्टले भने सेफिल्ड युनाइटेडलाई ३–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राख्यो ।उसको २९ अंक भएको छ र यो पुछारबाट तेस्रोमा रहेको लुटन टाउनसँग तीन अंकको दूरी हो ।

अन्य खेलमा न्युकासल युनाइटेडले बर्नलीलाई ४–१ ले हरायो भने ब्रेन्टफोर्ड र फुलहमले गोलरहित बराबरी खेले ।

प्रकाशित : वैशाख २३, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?