कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा

लन्डन — बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो ।

ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा

आर्मी हेडक्वार्टरमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयत्न गरे पनि उपलब्धि हासिल गर्न सकेनन् ।

टिम म्यानेजर उत्तमराज भण्डारीले नेपाली खेलाडी एयरपोर्ट ओर्लनेबित्तिकै आराम नगरी खेल्दा पनि उत्कृष्ट प्रदर्शन गरेको जनाए । 'बेलायती र नेपाली खेलाडीको तुलना हुँदैन । तर, हामी फिजिकल्लीभन्दा पनि मोरल्ली स्ट्रंग छौं । नेपाली खेलाडीलाई त्यहीअनुसार प्रोत्साहन गरिरहेका छौं', उनले कान्तिपुरसँग भने ।

भण्डारीले नेपाली खेलाडी आज आराम गर्ने र आइतबार प्राक्टिसमा व्यस्त रहने जनाए ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोलीसँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरी ३० जनाको टोली अहिले बेलायतमा छ ।

खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावाससहित यहाँको नेपाली समुदाय जुटेको छ । अहिलेसम्म ५ हजार हाराहारी टिकट बिक्री भइसकेको छ भने प्रायोजकहरुले पनि उल्लेख्य सहयोग गरेका छन् । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।

विश्वकप छनोटअन्तर्गत नेपालले जेठ २४ गते दशरथ रंगशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित : वैशाख २२, २०८१ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?