कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा अझ बलियो

काठमाडौँ — कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो ।

कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा अझ बलियो

कोलकाता २१ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५७ रन बनायो । त्यसमा ओपनर फिल साल्टले ३३ बलमा ६८ रन बनाए ।

त्यसअगाडि दिल्लीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । ‘प्लेयर द म्याच’ वरुण चक्रवर्तीले १६ रन मात्र दिएर तीन विकेट लिएपछि दिल्लीले खुलेर रन बटुल्न सकेन । कोलकाता १२ अंकमा दोस्रो स्थानमा छ भने दिल्लीको १० अंक छ ।

पहिलो स्थानमा रहेको राजस्थान रोयल्सको भने १६ अंक छ । राजस्थानले खेलेका ९ खेलमध्ये एकमा मात्र हार बेहोरेको छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?