कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

शाहको स्मृतिमा विद्यालय क्रिकेट हुने

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गरिने भएको छ । चार दशक नेपाली क्रिकेटको सर्वोच्च निकायलाई अध्यक्षको हैसियतमा हाँकेका शाहको ७ वर्षअघि ८९ वर्षे उमेरमा निधन भएको थियो ।

शाहको स्मृतिमा विद्यालय क्रिकेट हुने

काठमाडौं जिल्ला क्रिकेट संघले शाहको सम्झनामा प्रतियोगिता गर्न लागेको हो । नेपाली क्रिकेटलाई ग्रासरुटदेखि नै विकास गर्ने लक्ष्य राख्दै यू–१६, यू–१९ र राष्ट्रिय टोलीका लागि उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले बताए । उनले शाहको परिवारबाट पनि प्रतियोगितालाई सहयोग रहेको जनाए ।

मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता वैशाख ३० सम्म चल्ने छ । विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, इमर्जिङ खेलाडीलाई जनही ५ हजार प्रदान गरिने जिल्ला क्रिकेट संघका सचिव किरण राणाले बताए । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष टोलीबीच सेमिफाइनल खेल हुनेछ ।

समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति स्कुल, सैनिक आमावि, त्रियोग हाइस्कुल, समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक, गेटवे एकेडेमी, आलोक विद्याश्रम, डीएभी स्कुल, समूह ‘सी’ मा केएमसी, जेम्स, अपि स्कुल, एन्जल हार्टस एकेडेमी तथा समूह ‘डी’ मा रत्नराज्इ, मोक्षदा, नेक्सस एकेडेमी र एलआरआई स्कुल छन् ।

प्रकाशित : वैशाख १७, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?