कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मिलन, क्षितिज, रुपेश र पुरुषोत्तम सेमिफाइनलमा

काठमाडौँ — नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगिताको सोमबार सात चरण सकिँदा मिलन लामा, क्षितिज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल सेमिफाइनलमा पुगेका छन् ।

मिलन, क्षितिज, रुपेश र पुरुषोत्तम सेमिफाइनलमा

शीर्ष चार खेलाडीहरू प्रथम पुरस्कार यामाहा सलुटो मोटरसाइकलका लागि प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका चार खेलाडीले मंगलबार गोलाप्रथाबाट १/४ र २/३ बीच सेतो र कालो गोटी लिएर खेल्नेछन् ।

दुवै बोर्डमा जित्ने खेलाडीले कमसेकम दोस्रो पुरस्कार ८० हजारको हकदार बन्नेछन् । तेस्रोले ५० हजार र चौथोले ३० हजार पुरस्कार पाउनेछन् ।

आठौं संस्करण विजेता सीएम मिलन लामा ६.५ अंक लिएर एकल अग्रतासहित सेमिफाइनल पुगेका हुन् । मिलनले अन्तिम लिग खेलमा क्षितिज भण्डारीसँग बराबरी गरेका थिए । सीएम क्षितिज ६ अंक बनाएर सेमिफाइनल पुगेका हुन् । उनले ४.५ अंकबाट खेल्दै काठमाडौंका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई हराएका थिए ।

झापाका राजन सुवेदीलाई चार घण्टा लामो खेलमा पराजित गर्दै ६ अंक जोडेर रुपेश सुपर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

छैटौं चरणमा सातौं संस्करण विजेता केशव श्रेष्ठसँग बराबरी गरेर ५ अंक जोडेका युवा च्याम्पियन पुरुषोत्तम सिलवालले अन्तिम खेलमा पूर्व तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई कठिन खेलमा पराजित गर्दै ६ अंकसाथ सेमिफाइनल सुरक्षित गरे ।

प्रकाशित : वैशाख १७, २०८१ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?