२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण आउँदो जेठ ५ गते हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हरेक वर्ष हुँदैं आएको म्याराथन यस वर्ष जेठको पहिलो साताको शनिबार हुन लागेको हो ।

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने

त्यसका लागि कान्तिपुर मिडिया ग्रुपले ग्लोबल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ । कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ म्यानेजर सागर केसी र ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले सम्झौतामा हस्ताक्ष गरेका छन् ।

एक दशकभन्दा बढि लामो यात्रापछि कान्तिपुर हाफ म्याराथन एउटा ब्रान्ड बनेको र हरेक धावकको रोजाइमा परेको केसीले बताए ।

उनले कान्तिपुर हाफ म्याराथनमा सहभागी हुन कान्तिपुर कार्यलय थापाथली र ग्लोबल आईएमई बैंकको राजधानीको शाखा कार्यालयबाट दर्ता फारम भर्न सकिने जनाए । दर्ता फारम आइतबारबाट खुल्ने छ । कान्तिपुर म्याराथनको आधिकारिक वेवसाइटबाट पनि फारम भर्न सकिने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले विगतमा जस्तै यस वर्ष पनि कान्तिपुर हाफ म्याराथन बृहत् हुने अपेक्षा राखेको जनाए । प्रतियोगिताका रेस डाइरेक्टर एवं नेपाल एथ्लेटिक्स संघका सदस्य आरके विष्टले यो म्याराथनले छुट्टै पहिचान बनाएकाले यसमा सबै खेलाडीको चासो रहेको जनाए । उनले एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने रेसमा सवै विज्ञ प्राविधिक खटाइने बताए ।

गत वर्ष हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता बनेका थिए । त्यस्तै हिृवलचेयरतर्फ रमेश खत्री र ऐश्वर्य कुमाल, कर्पोरेट रनतर्फ विकेश घिमिरे र सुनिता महर्जन तथा पहिलो पल्ट थपिएको कलेज रनतर्फ महिला र पुरुषमा क्रमशः सुसन कार्की र पुकारजंग बस्नेत विजेता बनेका थिए ।

प्रकाशित : वैशाख ६, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?