२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'युथ एसिया'को लक्ष्यमा बादल

प्रकाश बराल

बागलुङ — १४ औँ राष्ट्रपति रनिङ शिल्डको एथ्लेटिक्समा बागलुङका बादल कार्कीले दोहोरो स्वर्णपदक चुमेका छन् । बागलुङको काठेखोला गाउँपालिका-७ का १७ वर्षीय कार्कीले पालिका, जिल्ला र प्रदेश तहका खेलमा विजयी हासिल गर्दै राष्ट्रिय खेलमा पनि स्वर्णपदक जितेका हुन् । 

'युथ एसिया'को लक्ष्यमा बादल

दशरथ रंगाशालामा जारी प्रतियोगितामा बादलले ८ सय मिटर दुरी २ मिनेट ०५.५५ सेकेण्डमा पार गरे । बादलले ४ सय मिटरको दौडमा पनि स्वर्ण पदक पाए । खेलमा निस्केपछि स्वर्ण पदक हात पार्न पछि नपर्ने बादलले दशौं राष्ट्रिय खेलमा दौड जित्ने लक्ष्य बोकेका छन् । त्यसपछि युथ एसिया म्याराथनमा पुगेर पदक हात पार्ने समेत उनको लक्ष्य छ ।

बादलले १५ वर्षको उमेर छँदा दुइबर्ष अघि नवौँ राष्ट्रिय खेलमा पहिलो पटक दौड प्रतियोगितामा भाग लिने मौका पाएका थिए । त्यहाँ उनी पुरस्कृत बनेनन्, पाँचौ स्थानमा रहे । अन्डर २० साउथ एसियन खेलको नागाल्याण्ड संस्करणमा भाग लिन भारत गए । त्यतिबेला उनले तेस्रो स्थान पाए । भारत प्रथम र श्रीलंका दोश्रो हाँदा उनले तेस्रो पद पाएका थिए ।

सन् २०२१ मा नेपालगञ्जमा भएको ५ किमी लामो रोड रेश प्रतियोगिताको प्रथम स्थान पाएपछि हौसिएका बादल दौडने खेलमा नियमित अभ्यास गर्न थालेका थिए । कोरोना संक्रमणको कारण निशेधाज्ञाले बिद्यालय बन्द भएको बेला उनी नियमित दौडमा निस्कन्थे । त्यही अभ्यासले उनलाई खेलाडी बनायो ।

कक्षा-११ पढ्ने कार्कीले यो वर्षका सबै खेलमा स्वर्ण जितेका छन् । गतबर्ष पनि उनले जिल्लास्तरीय खेलको स्वर्ण जितेका थिए । १ हजार ५ सय मिटर र ३ हजार मिटरको दौडमा उनले कब्जा नै जमाएका थिए । उनको लक्ष भने दशौं राष्ट्रिय खेल र आगामी सन् २०२५ मा हुने युथ एसियन म्याराथुन हो । त्यसकालागि उनले अहिले देखिनै अभ्यासमा रहेको बताए ।

उनले त्यतिबेला उक्त म्याराथुन जित्ने लक्ष्य बनाएका छन् । त्यसबाहेक क्रसकन्ट्री दौडको अभ्यासमा समेत उनी सक्रिय छन् । उकालो ओरालो, तेस्रो, खोलाखोल्सी सबै तिर दौडिने अभ्यास भएमा क्रसकन्ट्रीमा अगाडि बढ्न सहज हुने उनले बताए ।

अघि पोखरामा भएको एउटा खुला म्याराथनमा भागलिएका थिए । खुला म्याराथुनमा १५ बर्षको उमेरमा भाग लिंदा पनि उनले १ सय बढी सहभागिमा ११ औं स्थान पाएको बताए । उनले ४२ किमी दुरी ३ घण्टा ११ मीनेटमा पार गरेका थिए । तर अब भने उनले उक्त समयलाई एकघण्टा भन्दा कममा झार्ने लक्ष्य बनाएका छन् ।

त्यसकोलागि नियमित अभ्यास पनि गरेको उनले बताए । कति मिटरमा पार गर्न सकिन्छ भन्ने कुरा कुनै प्रतियोगितामा पुगेपछि मात्रै थाहा लाग्ने उनले बताए ।

उनले बिभागीय टिममा पर्न सकेमा खेल जीवनलाई नै अगाडि बढाउने योजना समेत सुनाए । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले त्यस्ता खेलाडीलाई संरक्षण गर्ने, अगाडि बढाउन हौसला थप्ने जस्ता काममा पालिकाले साथ दिने बताएका छन् ।

प्रकाशित : वैशाख ६, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?