कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ 

विप्लव महर्जन

सल्यान — ज्यान मार्ने उद्देश्यले बन्चरो प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाउने श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ 

जिल्लाको शारदा नगरपालिका-८ सिमखर्क घर भएका वर्ष ५० का नन्दलाल रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार नन्दलाल रोकाले घरायसी विवादमा वर्ष ४७ का श्रीमती काली रोकालाई शनिबार राति ९ बजेतिर टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएकी रोकाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । गम्भीर घाइते भएकी रोका अहिले खतरामुक्त रहेकी प्रनाउ कार्कीले जानकारी गराए ।

पक्राउमा परेका रोकालाई प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।


प्रकाशित : वैशाख २३, २०८१ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?