२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ब्राउन सुगरसहित एक जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

ब्राउन सुगरसहित एक जना पक्राउ

प्रहरीले २८ वर्षीय विकास पुनलाई ६ सय १० मिलिग्राम उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले बताए ।

पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भई रहेको प्रहरी निरीक्षक ठकुरीले जनाए ।


प्रकाशित : वैशाख २८, २०८१ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?