२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

माधव अर्याल

पाल्पा — द्वन्द्वकालकै छाडिएको सकेटबम जस्तो देखिने बस्तु पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैदीकास्थित सोमर सामुदायिक वनमा भेटिएको छ । स्थानीयले कालिका मन्दिर परिसर सरसफाइ गर्ने क्रममा मन्दिरदेखि ५० मिटर टाढा लालीगुराँसको फेदमा विस्फोटक पदार्थ भेटिएको हो ।

पाल्पाको रिब्दीकोटमा विस्फोटक पदार्थ फेला

उक्त वस्तु सकेट बमजस्तो देखिएको स्थानीयले जनाएका छन् । सकेट बम जस्तो देखिने वस्तु फेला परे पछि तत्काल प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरी उक्त स्थान सुरक्षित राखेर जिल्ला प्रहरीमा खबर गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्लास्थित कार्यालयबाट प्रहरी निरीक्षक र दि फेमस महिन्द्र दल गण तानसेनदेखि उपसेनानीको कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले शुक्रबार विस्फोटक पदार्थ डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०८१ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?