३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बर्दिया र कैलाली जोड्ने पुल निर्माण सुरु

कमल पन्थी

बर्दिया — बर्दियाको सनकट्टी घाट र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ ।

बर्दिया र कैलाली जोड्ने पुल निर्माण सुरु

१ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले बताए ।

१४ वटा फाउन्डेसन रहने पुलमा ७ दशमलव ५ मिटर चौडाइ र दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहने उनले जनाए । यही असारभित्र ६ वटा पिल्लर निर्माण गर्ने पनि उनले जनाए ।

पुल निर्माण भएपछि बर्दियाबाट कैलालीको टीकापुर निकै छोटो बाटोमार्फत पुगिने छ । यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तीघाटमा ०७३ सालमा पुल बनेको थियो ।

प्रकाशित : वैशाख २५, २०८१ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?