२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१६ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

वैशाख २१ गते ३० वर्षीया श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएका उनका श्रीमान् जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो ।

जोखनलाई प्रहरीले नेपाल र भारतको सीमावर्ती पाल्हिनन्दन गाउँपालिकाको पडरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले बताए । पक्राउ परेका कहाँरलाई जिल्ला अदालत परासीबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?