कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालका अनुसार घाइते थारुलाई उपचार्थ भेरी अस्पताल नेपालगन्ज लगिएको छ । उनी खतरामुक्त रहेको डीएसपी अर्यालले जनाए ।


प्रकाशित : वैशाख १८, २०८१ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?