१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्यूठानमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

प्यूठान — प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका–१, मुर्कुटीस्थित छबिसेचौरमा दाङको घोराहीबाट प्यूठानतर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्यूठानमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

दुर्घटनामा घोराही–११ का २७ वर्षीय विमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी ईश्वर थापाले जानकारी दिए । दुर्घटनामा घोराही–८, का ४८ वर्षीय कैलाश डीसी घाइते भएका छन् । दुर्घटनाका दुवै घाइतेलाई जिल्ला अस्पताल प्यूठान ल्याइए पनि चिकित्सकले डाँगीलाई मृत घोषणा गरेका हुन् । घाइते डीसीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।


प्रकाशित : वैशाख ८, २०८१ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?