कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

कास्की — कक्षा-१२ को परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

पोखरा महानगरपालिका–११ फुलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा संचालन भइरहेको कक्षा-१२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा–११ फुलबारीका ३९ वर्षिय नारायण बास्तोला र ३७ वर्षिय रामचन्द्र बास्तोला रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ८ वटा थप उत्तरपुस्तिका, तीन वटा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?