१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

काठमाडौँ — १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भिमसेन थापा गाउँपालिका १ का ४५ वर्षीय कुलमान बरामलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

गत फागुन २३ गते शारीरिक तथा मानसिक रुपमा अपांगता भएकी किशोरीलाई ललाइफकाई करणी गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन् । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

आरोपितविरुद्ध शुक्रबार जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धनका लागि म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख ७, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?