२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

हेटौंडा — अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

मकवानपुरको वाग्मती गाउँपालिका-२ भुर्कुसमा सालको चिरान काठ लोड गरिरहेको अवस्थामा प्रहरीले बा ५ ख ५४०० नम्बरको टिपरसहित १८७ थान (२१७ क्युफिट) काठ नियन्त्रणमा लिएको छ । टिपर चालक मकवानपुरगढी गाउँपालिका—२ का २५ वर्षीय आइतेसिंह मोक्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिपरमा लोड गरेर सालको चिरान काठ रौतहटतर्फ लैजाने खोजेको स्थानीयवासीले बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएको काठ, टिपर र चालकलाई थप अनुसन्धान गरेर कारबाही गर्न जिल्ला वन कार्यालय मकवानपुरलाई बुझाएको छ ।

प्रकाशित : वैशाख १६, २०८१ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?