२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेडियो कान्तिपुर अन ह्विल्स म्युजिक रोड शो धरानबाट सुरु

सुनसरी — यो वर्षको रेडियो कान्तिपुर अन व्हिल्स म्युजिक रोड शो कार्यक्रम सुनसरीको धरानबाट सुरु भएको छ ।

रेडियो कान्तिपुर अन ह्विल्स म्युजिक रोड शो धरानबाट सुरु

मंगलबार धरानबाट सुरु भएको म्युजिक रोड शो आगामी जेठ १४ गते काठमाडौंमा समापन हुनेछ । धरानको भानुचौकस्थित बसपार्क परिसरमा मंगलबार साँझ भएको कार्यक्रममा स्थानीयले सांगीतिक मज्जा लिएका छन् । सांगीतिक रोड शोमा टीका प्रसाईं, विश्व नेपाली, महेश काफ्ले, सुमन कार्की र स्थानीय कलाकार गंगा गौतमले आआफ्नो प्रस्तुति दिएका छन् ।

रेडियो कान्तिपुरको रेडियो अन व्हिल्स रोड शो यात्रा बुधबार इटहरी, बिहीबार झापाको दमक, शुक्रबार बिर्तामोड, शनिबार मोरङको विराटनगर र आइतबार धनुषाको जनकपुरमा हुनेछ ।

यस्तै, पर्साको वीरगन्ज, मकवानपुरको हेटौंडा, चितवनको नारायनगढ, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, सुर्खेत, रुपन्देहीको बुटवल, कास्कीको पोखरा र काठमाडौं गरी १५ प्रमुख सहरमा हुने रेडियो कान्तिपुरले जनाएको छ । रोड शोमा विभिन्न क्वीज, मनोरन्जनात्मक खेलहरुमा दर्शक श्रोताहरुलाई सहभागी गराएर विजेतालाई उपहार प्रदान गरिएको थियो ।


प्रकाशित : वैशाख २५, २०८१ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?