कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

डम्बरसिं राई

खोटाङ — भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

आमचोकको बालङ्खाबाट पारकुवा गएको बोलेरो गन्तव्यमा पुगेपछि पार्किङ गर्न घुमाउने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै र आमचोक गाउँपालिका–१० कै २६ वर्षीया शान्ति राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको राईले जानकारी दिए । ् घाइतेको अवस्था पनि गम्भीर रहेको तर विस्तृत विवरण भने आइनसकेको राईले जनाए । उक्त गाडीमा चालक सहित १४ जना सवार रहेको घटनास्थल पुगेकी गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन् ।


प्रकाशित : वैशाख १७, २०८१ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?