उ बेलामा प्रचण्डजी सुरुङ युद्ध भन्थे बम र बारुद पड्काएर जंगलतिर कुद्थे हिजोआज पुष्पकमल सुरुङ खन्दै छन् विकास के हो विनाश के हो बल्ल बुझ्दैछन् डाँडाकाँडा, चट्टान, घुम्ती, पहरा र भीर
विकासको बाधक बन्दा हामीलाई थियो पीर अब आयो सुरुङको युग देशले कोल्टे फेर्ने ओल्टो–कोल्टो सबैतिर विकास–प्रकाश छिर्ने मुलुक अब सुरुङबाट बाहिर आउनेछ सुरुङ युगले कायापलट गर्न सक्नेछ – कृष्ण कुम्पुरे, आदमटार, धादिङ