लगानी सम्मेलनको औचित्य
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सोमबार सकिएको छ । सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी थिए ।
यस्तो सम्मेलन गरिरहँदा लगानीकर्ता नेपालमा लगानी लिएर किन आउँछन्, हामीले उसको लगानी सुनिश्चित गर्न सक्यौं वा सकेनौं र हामीकहाँ कसैले लगानी ल्याउँछ भने उसलाई काम गर्ने वातावरण तयार गर्न सकिरहेका छौं कि छैनौं भन्ने विषयमा ध्यान दिनुपर्छ । हामीलाई हाम्रो पूर्वाधार विकासमा वैदेशिक लगानी अत्यन्तै आवश्यक छ । त्यसका लागि लगानीकर्ताको विश्वास जित्नु नै सरकारको पहिलो लक्ष्य हुनुपर्छ । अन्यथा यो सम्मेलन हुनुले न मुलुक न आम नेपालीलाई फरक पर्नेछ ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं
प्रतिक्रिया