२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

सभामुखसँगको छलफलमा कांग्रेसको अडान : 'सहकारी छानबिन समिति नबन्दासम्म नियमित कार्यसूचीमा प्रवेश गर्न सकिन्न'

काठमाडौँ — कांग्रेसले सहकारीको अनियमितता छानबिनका लागि समिति गठन नगर्दासम्म प्रतिनिधि सभा नियमित कार्यसूची प्रवेस गर्न नसक्ने अडान राखेको छ । सभामुख देवराज घिमिरे बोलाएको प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा कांग्रेसले यस्तो अडान राखेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । 

सभामुखसँगको छलफलमा कांग्रेसको अडान : 'सहकारी छानबिन समिति नबन्दासम्म नियमित कार्यसूचीमा प्रवेश गर्न सकिन्न'

कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन । त्यसपछि नेताहरू आ-आफ्ना दलका शीर्ष नेताहरुसँग छलफलमा गएका छन् ।

प्रकाशित : वैशाख २८, २०८१ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?