२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्यार्थी नेताहरूलाई कानुनमन्त्रीको सुझाव : सत्ताको ताबेदारी होइन हामीलाई खबरदारी गर्नुस्

काठमाडौँ — कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कानुन तथा संघीय मामिला विभागले मंगलबार नेपाल ल क्याम्पसमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

विद्यार्थी नेताहरूलाई कानुनमन्त्रीको सुझाव : सत्ताको ताबेदारी होइन हामीलाई खबरदारी गर्नुस्

‘विद्यार्थी नेताहरुको काम भनेको हामीलाई खबरदारी गर्ने पनि हो । हामी गलत बाटो हिँड्न खोज्यौं भने सच्याउने पनि हो,’ मन्त्री गिरीले भने, ‘दबाब र जागरणको भूमिका खेल्ने हो तपाईंहरुले, सत्ताको ताबेदारी गर्ने होइन । त्यो हिसाबले आफ्नो नेतृत्व विकास पनि गर्नुपर्छ ।’

उनले नेपालका ठूलठूला राजनीतिक परिवर्तनमा पार्टीका नेताहरुभन्दा पहिला विद्यार्थी नेताहरु पुगेर आन्दोलनको ज्वारभाटा सिर्जना गरेपछि सबै आन्दोलनको पछाडि हिँड्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

मन्त्री गिरीले विद्यार्थीहरुलाई नेपालमा शिक्षाका समस्या के हुन् भन्ने विषयमा सबैभन्दा पहिले स्पष्ट भएर आफ्ना गतिविधि अघि बढाउन सुझाव समेत दिए ।

शिक्षामा हुनेखाने र हुँदाखाने बीचको वर्गीय विभेद कायम रहेसम्म सुखी नेपाली समृद्ध नेपालको संकल्प र समाजवादको लक्ष्य पूरा नहुने मन्त्री गिरीले भने ।

प्रकाशित : वैशाख २५, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?