२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ ।

अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । उनीहरुले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएका थिए ।

उनीहरुको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

'आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ,' प्रवक्ता पौडेलले भने ।

आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र 'जनता समाजवादी पार्टी' लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?