कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

नेपाल र कोरियाका आरोही जुगल–१ को चुचुरोमा

अनिश तिवारी

सिन्धुपाल्चोक — नेपाल र कोरियाका पर्वतारोही टोलीले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध स्थापनको ५०औं वर्षगाँठका अवसरमा संयुक्त आरोही टोलीले हिमाल आरोहण गरेको हो । 

नेपाल र कोरियाका आरोही जुगल–१ को चुचुरोमा

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार शुक्रबार र शनिबार गरी ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल प्रथम सबै पर्वतारोहीले आरोहण सकेका हुन् ।

‘शुक्रबार र शनिबार गरी ७ जनै पर्वतारोहीले सफल आरोहण सकेका छन्, उनीहरू फर्किदैछन्, भव्य स्वागतको तयारी भइरहेको छ, यसले जुगलको पर्यटनमा फड्को मार्नेछ,’ स्याङ्बोले भने ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आरोहण टोलीलाई नेपाली झण्डा हस्तान्तरण गरेका थिए । कोरिया–नेपाल फ्रेन्डसिप जुगल हिमाल एक्स्पिडिसनअन्तर्गत टोली जुगल आरोहणमा गएको हो ।

यो आरोहणले जुगल हिमश्रृंखलाको पर्यटनमा ठूलो टेवा पुग्ने प्रतिनिधिसभा १ का सांसद माधव सापकोटाले बताए । ‘यो हामी सबैको लागि खुसीको खबर हो, यहाँका हिमक्षेत्रमा आरोही र पर्यटक तानिँदैछन् , यसले सिन्धुको पर्यटनमा ठूलो टेवा दिनेछ,’ उनले भने ।

सरकारले जुगल प्रथम ६ हजार ५ सय ९१ मिटर र जुगल द्वितीय ६ हजार ५ सय १८ मिटर उचाइका हिमाललाई गत वर्षबाट आरोहणका लागि खुला गरेको थियो ।

प्रकाशित : वैशाख २३, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?