कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राजदूत पौड्यालले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ — क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् । ओटावामा आयोजित कार्यक्रममा उनले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

राजदूत पौड्यालले बुझाए ओहदाको प्रमाणपत्र

नेपाली दूतावास ओटावाका अनुसार उक्त अवसरमा राजदूत पौड्यालले सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश सुनाएका थिए । साथै, सोही अवसरमा राजदूत पौड्यालले दुई मुलुकबीचको सम्बन्धको बारेमा पनि कुराकानी गरेका थिए ।

प्रकाशित : वैशाख २०, २०८१ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?