इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

पर्वत पोर्तेल

इलाम — इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ।  निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् । 

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

बैठकलगत्तै मतगणना सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । इलाम-२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता थिए।

प्रकाशित : वैशाख १६, २०८१ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?