कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ । धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो ।

मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध

स्थानीय जनहित माध्यामिक विद्यालय जोमसोमका शिक्षक सुदीप नेपालीका अनुसार दिउँसो ३.२० बजेदेखि बाढी आएको थियो । ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।


म घर (म्याग्दी) बाट विद्यालय जाँदैछु । हामी चढेको गाडी ३.२२ बजे राजखोला (मार्फा)मा आइपुग्दा बाढी आएकोले रोकिएका छौं । कम्तीमा दुई सय यात्रु वारि र उत्तिकै संख्यामा यात्रु पारि रोकिएका छन्,’ शिक्षक नेपालीले भने,‘साँझ ६ बजेसम्म खोला अझै घटेको छैन । बाढी घट्ला कि भन्ने आशमा छौं ।’

छायावृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दु:ख दिन थालेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार यातायात सुरु गर्न २ वटा एक्स्काभेटरले ह्युमपाइप राखेर यातायात खुलाउने प्रयास भइरहेको बताए ।

प्रकाशित : चैत्र १५, २०८० १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?