२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ — स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट मिलन विक र समीर सुनारलाई पैसासहित पक्राउ परेका हुन् । हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका-७ का रहेको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०८१ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?