२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्यको सम्झौता

काठमाडौँ — आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्यको सम्झौताआइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्यको सम्झौता भएको छ ।

आइएमएस सफ्टवेयर र इनकोड जेनेटिक्स एण्ड डाइग्नोस्टिक ल्याबबीच सहकार्यको सम्झौता

सम्झौताअनुसार आइएमएस सफ्टवेयरका कर्मचारीहरू र तिनका परिवार सदस्यहरूलाई इनकोड जेनेटिक्समा स्वास्थ्य परीक्षण गराउने छुट प्राप्त हुनेछ । त्यस्तै, इनकोड जेनेटिक्सले आइएमएस सफ्टवेयरबाट उत्पादन भएको आइटी समाधानहरू प्रयोग गर्नेछ ।सम्झौता पत्रमा, आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र इनकोड जेनेटिक्सका प्रबन्ध निर्देशक डा. सुप्रिया श्रेष्ठले हस्ताक्षर गरेकाछन् ।

आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर उत्पादन र बिक्री गर्दछ । यसका साथै, रेस्टुरेन्ट सफ्टवेयर, डिस्ट्रिब्युसन, पेट्रोल पम्प, र पार्किङ व्यवस्थापन सम्बन्धी सफ्टवेयरको पनि बिक्री गर्छ ।

नेपालसँगै, भारत, मलेसिया, र जापानमा २० हजारभन्दा बढी रिटेल तथा रेस्टुरेन्टहरूले आइएमएसको उत्पादन गरेको सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।

इनकोड जेनेटिक्सले अत्याधुनिक तथा सुविधा सम्पन्न परीक्षण ल्याब सञ्चालन गरिरहेको छ। ल्याबले विभिन्न स्वास्थ्य परीक्षण गर्दै आएको छ र ल्याबबाट सेवाग्राहीले आफ्ना स्वास्थ्य समस्याहरूको निवारण गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित : वैशाख २८, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?