१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम सुरु

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक, जेन जेड (जेनेरेसन–जेड) अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’  कार्यक्रम सञ्चालन गर्ने भएको छ । भविष्यका लागि जीवन बिमा र लगानीको महत्त्वबारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई सचेत गराउने उद्धेश्य छ ।

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम सुरु

कम्पनीले नयाँ र अद्वितीय ढगंले सेवाग्राहीलाई सहायता पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार गरेको जनाएको छ । पछिल्लो समयमा सिटिजन लाइफ युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याइसकेको छ । अनलाइन मार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी समेत रहेको कम्पनीको दाबी छ ।

प्रकाशित : वैशाख ११, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?